१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

छिट्टै सरकारमा जाने अध्यक्ष नेपालको खुलासा

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्। शनिबार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत समाजवादी) छिट्टै सरकारमा सहभागी हुने बताएका हुन्।

उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने पनि बताए। उनले भने, ‘नेकपा(एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ। यो देश हाक्नेछ। यो देशलाई परिवर्तनको दिशामा अगाडी बढाउने छ। हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो। जनताको सेवा गर्ने हो। देशको इज्जत र प्रतिष्ठा बचाउने हो।’

अध्यक्ष नेपालले गठबन्धनका विचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए।उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए। अध्यक्ष नेपालले  भने,  ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ। प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहन्छौँ। राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहन्छौँ। योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ।’ उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुत रहेको पनि दाबी गरे।  

प्रकाशित: ९ आश्विन २०७८ १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App