५ कार्तिक २०७८ शुक्रबार
राजनीति

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ।  

राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका हुन्।

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा(एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भुमिका हुनु गलत भएको बताए।  

उनले नेकपा(एमाले) ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए। राष्ट्रिय सभा बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको छ। 

प्रकाशित: ५ आश्विन २०७८ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App