१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको चुनावी सरगर्मी बढ्योः ९६ वडाको अधिवेशन असोज ७ मा हुने

कांग्रेसको चौधौ महाधिवेशन नजिकिँदै गर्दा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ। गाउँदेखि शहरसम्म तथा चोक चोकमा रहेका चिया पसलदेखि सरकारी कार्यालयसम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ। क्रियाशील सदस्यको बिवाद टुंगिएसंगै कांग्रेसको कन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको नामावली समेत पठाईसकेको छ। 

निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि घनश्याम पन्त  शनिबार नै कपिलवस्तु आई पुगेका छन्। उनले निर्वाचन तोकिएकै तालिका अनुसार गराउन कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यसहित कार्य समितिसंग भेटघाट गरी आवश्यक परामर्श गरेको बताए। उनले निर्वाचनतका लागि शिक्षक संघका सदस्यहरुसँग आवश्यक छलफल गरी वडा अधिवेशन गराउन ९६ वटा शिक्षकको नामावली माग गरेको बताए। 

‘लिस्ट पाएपछि वडा निर्वाचन अधिकृतका रुपमा उनीहरुलाई आवश्यक निर्वाचन सामग्रीसहित पठाउने छौ,’ उनले भने। उता आफूहरुले वडाका खटिने निर्वाचन अधिकृतका लागि ९६ जना शिक्षकको नामावली पठाईसकेको बताए। केन्द्रीय प्रतिनिधि पन्तले वडा अधिवेशनमा खटिने निर्वाचन अधिकृतलाई नियुक्ति पत्रसहित आवश्यक निर्वाचन सामग्रीसहित कार्यस्थलमा खटाईने बताए। वडा निर्वाचन कै विषयमा आईतबार कांग्रेसको तौलिहवा स्थित पार्टी कार्यालयमा बैठक बसी समायोजन भएका सदस्यहरुको क्रियाशील सदस्यको लिस्ट आईतबार साँझसम्म आए असोज ५ मै वडा अधिवेशन गर्ने निर्णय भएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए। आईबार साँझसम्म समायोजनको लिस्ट नआएकाले वडा अधिवेशन असोज ७ गते गर्ने सहमति भएको पार्टी सभापति आचार्यले बताए।  

कांग्रेसमा बिलय भएका राप्रपा, गच्छदार समूह, फोरमबाट पार्टी प्रवेश गरेका सांसद अभिषेक प्रताप शाहको समायोजन गरिएको क्रियाशील सदस्यता नआउँदा असोज ५ गते हुने वडा अधिवेशनमा केही बाधा आएको हो। २३ सय ३६ जनाको अझै क्रियाशील सदस्यताको समायोजन लिस्ट आउन बाँकी रहेको छ। समायोजन बाहेकका अहिले सम्म जिल्लामा ५ हजार ३१० नयाँ क्रियाशील तथा ५ हजार ६८६ क्रियाशील समस्या नविकरणको नामावली आईसकेको छ। 

नगर तथा गाउँपालिका अधिवेशन असोज ९, प्रदेश क्षेत्रीय समितिको असोज १२, संघीय क्षेत्रीय समितिको असोज १५ र जिल्लाको निर्वाचन असोज १८ गतेका लागि तोकिएको छ। कपिलवसतुमा ६ नगरपालिका, ४ गाउँपालिका, ६ वटा प्रदेश निर्वाचन क्षेत्र तथा ३ वटा संघीय निर्वाचन क्षेत्र छन्। कांग्रेस सभापति आचार्यका अनुसार निर्वाचनमा सहमतिको अधिकतम प्रयास गरिने बताए। अधिकांस वडामा सहमति कै आधारमा समिति गठन हुने कांग्रेस नेताहरु बताउँछन्। 

जिल्ला सभापतिमा भने पूर्व सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, अब्दुल कलाम खा, केशव कुमार श्रेष्ठ, लोकनाथ शर्मा, बिरेन्द्र मिश्रा, दुर्गा सेनको नाम चर्चामा छ। यद्यपि अध्यक्षमा लड्न महाधिवेशन प्रतिनिधि हुनु पर्ने भएकाले पनि अहिले नै अध्यक्षका उम्मेदवारले खुलेर आफ्नो नाम बाहिर ल्याएका छैनन्।

प्रकाशित: ४ आश्विन २०७८ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App