१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले खर्बौँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गर्‍योः ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको बताएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौँको खेल गरेको बताएका हुन्। सरकारले सेटिङमा अर्बौँ रुपैयाँ तलमाथि पर्नेगरी करको दर हेरफेर गरेको उनले बताए।  

आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे।।  

‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो,' उनले भने, 'कसरी यतिबेर यो बीचमा आएर करका दरहरु यत्रो ठूलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन।'

उनले अगाडि भने, 'मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो। भएन भन्ने ठाउँ छैन। म राष्ट्रसेवक कर्मचारी मित्रहरुलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्व्च्छताको प्रतिक संगठन बन्नुपर्छ।’

प्रकाशित: २ आश्विन २०७८ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App