६ चैत्र २०८० मंगलबार
राजनीति

नेपाली कांग्रेस 'बीपी' को सभापतिमा शेरचन

नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन्। यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो।  

कांग्रेस (बीपी) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ। विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ। कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ।

विशेष महाधिवेशन सम्पन्नपछि चयन भएका पार्टी सभापति शेरचनले कांग्रेस( बीपी) ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे। विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो।  रासस

प्रकाशित: १ आश्विन २०७८ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App