१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।

संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार स्थायी कमिटी बैठक शनिबार बिहान तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ।

‘एमालेले आगामी ४–६ असोजमा बस्ने विधान अधिवेशनका लागि प्रतिनिधि चयन, दस्ताबेज लेखन र व्यवस्थापनको तयारीका लागि बैठक डाकिएको हो,’ उनले भने।

प्रकाशित: २५ भाद्र २०७८ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App