२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले संसद चल्न नदिएपछि सभामुखले फेरि गरे बैठक स्थगित

प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ। एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएन।  

यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। यसैबीच  सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन्। एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि अवरोध भएपछि सभामुख सापकोटाले ‘म संविधान, नियम, कानुन, ऐनअनुसार अघि बढ्न तयार छु । सदन चलाउन सहयोग गर्नुस्’ भनेर आग्रह गरेका हुन्।

उनको आग्रहलाई सांसदहरुले अटेर गरेपछि सभामुख सापकोटाले फेरि १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित: २३ भाद्र २०७८ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App