१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागेकाे ओलीकाे आरोप

एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन्।  

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेतासमेत रहेका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाएका हुन्।

‘सुरुदेखि नै एमालेका फुटाउने खेलमा लागे। आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम हो’, ओलीले भने, ‘पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू अघि बढेका छन्।’ 

प्रकाशित: २३ भाद्र २०७८ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App