४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा उपस्थित हुन सांसदहरुलाई आग्रह

संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै सांसदहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौ २३ गते अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन शनिवार आह्वान गरेकी थिइन्।

प्रकाशित: २१ भाद्र २०७८ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App