४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

भक्तपुरका तिलक प्रकाश कायस्थलाई बी.पी.सेनानी पुरस्कार

जननायक बी.पी.कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बी.पी. साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ। पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने कवि मदन रेग्मीका कविता संग्रहहरु र अरु धेरै साहित्यिक कृतिहरु प्रकाशित छन्।

उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनलाई यो पुरस्कार दिने निर्णय गरिएको हो। त्यस्तै ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने बी.पी.सेनानी पुरस्कार यो पटक भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ। लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनर्स्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत उनले पुर्याएको योगदानको कदर गर्दै सो पुरस्कार दिने निर्णय गरेको हो।

यी दुबै पुरस्कार बी.पी.जयन्तीको दिन, यही भाद्र २४ गते प्रदान गरिने छ। यो नगद पुरस्कारको राशी एक लाख एक हजार र एकाउन्न हजार रहेको छ। ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम् र सुशील मान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो।

प्रकाशित: १९ भाद्र २०७८ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App