१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रौतहटमा नेकपा एकीकृत समाजवादीको वर्चस्व

रौतहटमा नेकपा (एकीकृत समाजवादी)को वर्चस्व देखिएको छ। शुक्रबार सदरमुकाम गौरमा भएको एकीकृत समाजवादीको जिल्ला समितिको पहिलो बैठकमा नेकपा एमालेको जिल्ला समिति रौतहटका अधिकांश कार्यकर्ताहरुको सहभागिता रहेको पाइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा एमाले छाडेर अधिकांश नेता तथा कार्यकर्ताले नेपालप्रति समर्थन रहेको देखाएका छन्। एमालेको ७१ सदस्यीय जिल्ला समितिबाट ६१ जना नेकपा एसलाई रोजेको दाबी गरिएको छ। शुक्रबारको बैठकमा एमालेको जिल्ला अध्यक्ष, सचिवसहित अधिकांश नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

पार्टीको प्रदेश २ अध्यक्ष रामचन्द्र राय यादवको आतिथ्यमा भएको कार्यक्रममा संघीय सासदहरू कल्याणी खड्का, सरला यादव, समिना हुसैनको पनि सहभागिता रहेको थियो।  

यसैबीच नेकपा एमालेबाट निर्वाचित रौतहटका ५१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। रौतहटमा उपमेयर, वडाध्यक्ष तथा सदस्यहरु गरी एक सय पाँच जना एमालेबाट निर्वाचित भएकामा शुक्रबार दिउँसो चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरति चौधरीसहित ५१ जनप्रतिनिधिले नेकपा एस रोजेको भनी सनाखत गरेका छन्।

प्रकाशित: १८ भाद्र २०७८ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App