५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

आजको भेलालाई सम्बोधन गर्ने केपीको ठूलो धोको थियो: नेता नेम्वाङ

नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टीनिकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघको भेलामा आफूले गरेकाे सम्बोधनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधित्व गरेको बताएका छन्। 

एमाले अध्यक्ष ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको भेलामा अन्तिम समयमा उनी सहभागी भएका थिएनन्। 'अध्यक्ष कमरेड केपी ओली आफैलाई यो भेलालाई सम्बोधन गर्ने ठूलो धोको थियो तर तपाईहरुलाई थाहा छ उहाँ आउन नसक्नुको कारण', उनले थपे, 'कमरेड ओलीले मलाई पठाउनुभयो।'

देउवा सरकारले दल विभाजनसम्बन्धी ल्याएकाे अध्यादेश र ओली सरकारले ल्याएकाे अध्यादेशमा धेरै अन्तर रहेकाे बताउँदै नेम्वाङले भने, 'हाम्राे सरकारले ल्याएकाे अध्यादेश चार दिनसम्म रहँदा पनि पार्टी फुटेनन् तर याे सरकारले ल्याएकाे अध्यादेशले क्षणभरमै पार्टी फुटे।'

दोस्रो तहका तेस्रो धारका नेताहरुको आग्रहमा ओली कानुन व्यवसायी संघको भेला सहभागी भएका थिएनन्। पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरित बैठक बोलाइएको भन्दै तेस्रो धारका नेताहरुले कानुन व्यवसायी संघको भेलामा नजान आग्रह गरेका थिए। कानुन व्यवसायी संघका इन्चार्ज समेत रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए।

प्रकाशित: १८ भाद्र २०७८ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App