कास्कीमा ६१ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीमा कुल मतदाताको ६१.३४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका छन् । जसमध्ये विहीबार भएको निर्वाचनमा १ लाख ८९ हजार २ सय ६७ जनाले मतदान गरेका हुन् । कास्कीमा १ लाख ३ सय ५ महिला र ८८ हजार ९ सय ५९ जना पुरुषले तथा अन्य ३ जनाले मतदान गरेको बताइएको छ ।
पूर्ण विवरण आउन अझै बाँकी छ ।
प्रकाशित: २१ फाल्गुन २०८२ २०:१९ बिहीबार





