हामी नेपाली नामको संस्था चलाईरहेका सुधन गुरुङ जेनजी विद्रोहपछि एकाएक चर्चामा आए। चर्चामा आएनन, गोरखाबाट चुनाव जितेर गृहमन्त्री बने। शुक्रबार गृहमन्त्री भएपछि मन्त्रालयमा पुगेदेखि नै उनी बेफुर्सदिला देखिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ गर्न शुक्रबार रातभर व्यस्त भए। त्यसपछि ललितपुरका विभिन्न प्रहरी यूनिटको निरीक्षणमा निस्केका गुरुङले शनिवार भिभिआइपी सवारीलाई विशेष व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्दैशन दिए। त्यसदिन उनी उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षणमा पुगेका थिए।
जेनजी विद्रोहको क्रममा ध्वस्त भएको कार्यालयमा पुगेर मन्त्रीहरुको सवारी साधानलाई विशेष व्यवहार नगर्न निर्दैशन दिए। आइतबार पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गर्न आदेश दिएर राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्रधाकिरणको कार्यालयमा पुगे। सोमबार प्रहरी प्रधानकार्यालय पुगेर फूली लगाउने प्रणालीकै परिवर्तन गर्ने आश्वसन दिए।
मंगलबार सशस्त्र प्रहरी मूख्यालय पुगेका गृहमन्त्री गुरुङले त्यही ६ घण्टा बिताइदिए। सशस्त्र प्रहरीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै कोभिड संक्रमणको बेला अस्पताललाई सिलिण्डर वितरण, पर्सास्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको नेपाली झण्डा पुरानो हुँदा नयाँ राखेकोदेखि कुरिनटारस्थित तालिमकेन्द्रमा विपद उद्धारको तालिम लिएकोसम्म प्रसँग उठाएर ६ घण्टा विताएका थिए।
प्रहरी महानिरीक्षक राजु अर्याल, प्रवक्ता विष्णु भट्ट एसएसपी माधव पौडेल, अर्का एसएसपी राजेन्द्र खड्कासँग परिचित रहेका मन्त्री गुरुङले अनौपचारिक भाषामा दाइ, गुरु र सरको सम्बोधन गरेका थिए। निरीक्षण भ्रमणको क्रममा प्रहरी महानिरीक्षक राजु अर्यालले गरेको विफ्रङसँगै उनले सबै समस्याहरु समाधान गर्नेगरी सरकार अघि बढ्ने बताएर सशस्त्र प्रहरीलाई खुशी पर्ने मेलो ल्याएका थिए।
६ घण्टाको अवलोकन भ्रमण गर्दा गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धारको गर्नको लागि दुई वटा हेलिकप्टर तयारी हालतमा राखिने आश्वसन दिए। विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकहरुको उद्धार कार्यमा खटिएकोमा धन्यवाद दिएर शुरुमै मनजित्ने कोसिस गरेका थिए।
उनले त्यसबेला आम नागरिकको जीउ ज्यान भन्दा ठूलो पैसा नभएको उल्लेख गर्दै आपद् विपदमा परेका नागरिकहरुको सेवा सुरक्षा गर्नको लागि नेपाल सरकार, गृहमन्त्रालय लगायत सुरक्षार्मीहरु तयारी हालतमा रहेको र सशस्त्र प्रहरीले अझ बढी सेवा दिइरहेको भनेर प्रशंसा गरेका थिए।
उनले दुई वर्ष अघि नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत लिएको स्मरण गरेका थिए। कोभिड-१९ महामारी र सीमा नाकामा नेपाल झण्डा राख्ने जस्ता कार्यमा सशस्त्र प्रहरी बल नेपालसँग नजिक भएर काम गरिसकेको हुँदा सुरक्षार्मीको काम, कर्तव्य र अधिकार तथा दुःख कस्तो हुन्छ भन्ने बारेमा समेत आफु जानकार रहेको बताएर सशस्त्र प्रहरीको मन जित्ने कोसिस गरेका थिए।
ड्युटिको समयमा जुनसुकै ठाउँमा परिचालन हुँदा नागरिक र सुरक्षाकर्मी एउटै हो भन्ने भावना बोकेर नम्र व्यवहार गर्न र आपद् विपदमा परेका नागरिकको उद्धारमा खटिँदा नागरिकको मात्र उद्धार नभई उद्धारमा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा अपनाई परिचालन हुने व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयले विशेष काम गर्ने आश्वसन दिएका थिए।
मन्त्री गुरुङले गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नको लागि सशस्त्र प्रहरी लागिरहेको र मन्त्रालयले यसका साथ दिने आश्वसन दिएका थिए। सीमा क्षेत्रमा राखिएको नेपालको झण्डालाई कपडाको रुपमा मात्र नलिई देशको अस्थित्व बोकेको पहिचान भएको र बोर्डर क्षेत्रमा फहराएको नेपाली झण्डा च्यातिएको अवस्थामा देखियो भने तत्कालै त्यस ठाउँमा खटिएका कर्मचारीलाई सिधै आफुले प्रतिक्रिया राख्ने बताएर थोरै राष्ट्रवादी भाषण पनि दिएका थिए।
गृहमन्त्री गुरुङले सम्बोधनको क्रममा कार्यक्षेत्रमा परिचालित हुँदा आईपरेका समस्या समाधनको लागि सशस्त्र प्रहरी बल नेपालमा कानूनी व्यवस्था स्पष्ट बनाउने आश्वासन पनि दिए। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरु सगँसगै बसि काम गरेको स्मरण गर्दै उनले सशस्त्र प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्न आफु हरदम तयार रहेका बताएका थिए।
सशस्त्र प्रहरी कर्मचारीहरु १३-१४ बर्षसम्म एउटै पदमा रहि कार्यगर्नुपर्ने बाध्यतालाई समाधान गर्न मन्त्रालय अगाडि बढ्ने बताउदै संगठनलाई अगाडि बढाउन तथा कार्य क्षेत्रमा परिचालन हुदाँ आई परेका समस्या समाधानका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था लिखित रुपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिएर सशस्त्र प्रहरीको पनि मन जित्ने कोसिस गरेका थिए।
प्रकाशित: १८ चैत्र २०८२ १३:३५ बुधबार





