१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गोर्खा सैनिकको जीवन रक्षा गर्न माग

संघीय सांसद डिला संग्रौलाले गोर्खा सैनिकको जीवन रक्षा गर्न माग गरेकी छन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा आफ्ना भनाइहरु राख्दै सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य संग्रौलाले सो मा गरेकी हुन्।

उनले गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेको बताउँदै उनीहरुको जीवन रक्षा गर्न सरकारसँग माग गरिन्। त्यस निम्ति नेपाल सरकारले कुटनितिक पहल गर्न उनले अनुरोध गरिन्।

‘नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध छ र त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरु हुन्। संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्। उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो।  त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु। संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरुलाई मर्का पर्दा साथ दिनु हामी सबैको दायित्व  हो।’ उनले भनेकी छन्।

प्रकाशित: २९ श्रावण २०७८ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App