८ वैशाख २०८१ शनिबार
राजनीति

सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन्। पत्रकारसँग कुराकानी गर्दै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए।  

उनले भने, ‘पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन। अब विचार नै परिवर्तन गर्न जरुरी छ।’ सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उनले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए। रासस

प्रकाशित: २४ श्रावण २०७८ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App