१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधान सेनापतिमा शर्मा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्ने पदावधि भदौ २४ बाट समाप्त हुने तथा थापाले अनिवार्य अवकास पाउने भएपछि सो पदमा शर्मालाई नियुक्त गरेकी हुन्। सोको जानकारी राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

कार्यालयले विज्ञप्तिमार्फत् बलाधिकृत रथी शर्मालाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफाल (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को साउन १२ गतेको निर्णयबाट सिफारिश भए बमोजिम साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोकिएको जनाएको छ।

प्रकाशित: १७ श्रावण २०७८ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App