१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसिरहेको छ। पाँच दलीय गठबन्धनको बैठक ९  बजेदेखि सुरु भएको हो ।  

बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका  नेताहरु छलफलमा छन् ।  

 बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी छन् ।  

बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला पनि सहभागी छन् । नेकपा माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । 

प्रकाशित: १३ श्रावण २०७८ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App