खेलका पहिलो सटमा घरेलु खेल मैदान र दर्शकको फाइदा उठाउँदै पराजित गरेको गुहेश्वरी गण दोस्रो र तेस्रो सेटमा पराजित भएको थियो।
तर खेलको चौथो सेटमा गुहेश्वरीका स्पाइकर राजबहादुर चौधरीको कुशल प्रदर्शनका कारण आफ्नो टिमलाई जिताए तापनि पाँचौं सेटमा मध्यपुर थिमीका खेलाडी अघि चौधरीको केही चलेन।
पाँच वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा गुहेश्वरी गणका राजबहादुर चौधरी उत्कृष्ट खेलाडी र मूलपानी गाविस अनुशासित टिम घोषित भएका थिए। प्रतियोगितामा सहभागी खेलाडीलाई सशस्त्र प्रहरी बल दुवाकोट गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक दुर्गाप्रसाद भट्टराईले विजयी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
त्यसैगरी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक बलराम लामिछाने, द्वितीय सशस्त्र प्रहरी नायव निरीक्षक अभिषेक अधिकारी र तृतीय वरिष्ठ सशस्त्र प्रहरी नायव निरीक्षक ढालबहादुर राउत भएका छन् भने पुरुष डबलतर्फ सशस्त्र प्रहरी उपरीक्षक दुर्गाप्रसाद भट्टराई र सप्रनि नवराज बोहरा शसस्त्र प्रहरी नायव उपरीक्षक बलराम लामिछाने र सप्रनानि अच्यूत खत्री द्वितीय र सशस्त्र प्रहरी नायव उपरीक्षक रमेशकुमार थापा र सप्रनानि अभिषेक अधिकारी तृतीय भएका छन्। विजयी खेलाडीलाई एक कार्यक्रमबीच पुस्कार वितरण गरिएको जानकारी भरतबन्धु थापाले दिएका छन्।
प्रकाशित: ८ कार्तिक २०६६ ०३:१९ आइतबार





