१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : पार्टी ताक्दै युवा जमात

जिल्लाका बिद्यार्थी नेता टोपबहादुर बुढाथोकी नेपाल बिद्यार्थी संघको उपाध्यक्ष बनेको ७ बर्ष पुग्नै थाल्यो । कांग्रेसको बिधानत ः उनि चुनिएको दुई बर्षमै उनको कार्यकाल सकिनु पथ्र्यो । तर नेविसंघको जिल्ला अधिवेशन नहुँदा उनि ७ बर्ष सम्म नेविसंघको उपाध्यक्षमै सिमित बन्न पुगे । नेविसंघमा रहेर थप राजनीति गर्नका लागि उनलाई उमेर हदबन्दीले अब दिन्न । ३२ बर्ष उमेर समुहका मात्रै नेविसंघको राजनीतिमा रहन पाउने कांग्रेसको बिधान अनुसार अब उनि नेविसंघको राजनीतिबाट स्वतः बिदाई हुनु पर्छ नै ।  

७ बर्ष सम्म नेविसंघको उपाध्यक्षमा रहेर जिम्मेवारी बहन गरेका बुढाथोकीको राजनीति अब पार्टी तर्फ सोझिएको छ । पार्टीको महाधिवेशनको मुखैमा वडा तहमा सकृय बुढाथोकी क्षेत्रीय प्रतिनिधिका लागि माहोल निर्माण गरिरहेका छन् । नेविसंघको राजनीतिबाट उनले सिधै कांग्रेसको जिल्ला सदस्य पदको आकांक्षा राखेका छन् । ‘झण्डै सात बर्ष सम्म रहेर नेविसंघको उपाध्यक्षको जिम्मेवारी लिएँ,अब मलाई नेविसंघको राजनीति गर्नका लागि उमेर हदबन्दीले पनि दिन्न’ उनले भने ‘अब वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिएर कांग्रेसको जिल्ला सदस्य बन्ने लक्षमा उत्रिएको छु ।’

कंग्रेसको युवा संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ती पनि पार्टीको क्षेत्रीय राजनीति गर्ने योजनामा छन् । लामो समय सम्मको तरुण दलको अध्यक्षको जिम्मेवारी पश्चात उनको आगामी यात्रा पनि स्वाभाविकै रुपमा अब पार्टी राजनीति नै हो । उनले भने ‘क्षेत्रीय सभापतिका लागि तयारी गरिरहेको छु, तर सबै साथी, अग्रजहरुसंगको सल्लाह बमोजिम क्षेत्रीय सभापतिमा लड्ने या नलड्ने भन्ने निर्णयमा पुग्ने छु ।’ तर उनको पनि क्षेत्रीय प्रतिनिधि चुनिने एकमात्रै योजना छ ।  

मिति तय भैसकेको कांग्रेसको १४ औँ महाधिवेशनले जिल्लाका युवा कांग्रेसीहरुलाई नेता बन्ने स्वर्णिम अवसर आएको महशुस गराईदिएको छ । मुलतः लामो समय सम्म नेविसंघ, तरुण दल जस्ता भातृसंस्थामा रहेर राजनीति गरेका उनिहरु अधिकांश अब पार्टी राजनीतिमा सकृय हुने अभिलाषा पलाएको छ ।  

नेपाल बिद्यार्थी संघका कुलराज पोख्रेल महेन्द्र बहुमुखी क्याम्पसको ईकाई सचिव हुन् । जिल्लामा हुने नेविसंघका हरेक कार्यक्रमहरुमा अग्रणि भुमिकामा रहँदै आएका उनको पनि पदीय हैसियत ७ बर्ष सम्म एउटै रह्यो — नेविसंघको क्याम्पस ईकाई सचिव । उनि भन्छन् ‘नेविसंघकै उपल्लो तहमा रहेर राजनीति गर्ने सोँच भएपनि ७ बर्ष सम्म मेरो योजना सफल भएन ।’

 स्वाभाविकै रुपमा उनको ध्यान पनि अब पार्टीको महाधिवेशन तिर तानिएको छ । वडा तहको नेतृत्व वा क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा लाग्ने मनसाय उनले बनाएका छन् । तर उनि भन्छन् ‘यो मेरो ब्यक्तिगत सोँच हो, अग्रजहरुको सल्लाह बमोजिम अगाडी बढ्ने छु, तर मेरा समकालिन साथीहरुले पार्टीको उपल्लो राजनीतिको तयारी गरिरहँदा म पनि त्यसप्रति ईच्छुक हुनु स्वाभाविकै हो ।’

कुलराजले भनेजस्तै प्रत्यक २÷२ बर्ष सम्म हुन नसकेको नेविसंघको अधिवेशन जिल्लामा सात बर्ष पुग्नै लाग्दा पनि हुन सकेन । नेविसंघका नेताहरुका अनुसार नेविसंघको जिल्ला अधिवेशन नभएको आगामी असोजमा ७ बर्ष पुग्छ । यो अवधिमा ईकाई वा जिल्ला सदस्य बनेर नेविसंघको राजनीतिमा भित्रिएका युवाहरु त्यहि पदमै सिमित बन्न पुगे । जिल्ला अधिवेशन नहुँदा नेविसंघको उपल्लो पदमा पुग्न चाहने युवाहरुलाई पार्टी राजनीतिका लागि सक्षम महशुस गराईदिएको छ । ‘पार्टीको राजनीति गर्ने लक्ष राखेर नेविसंघको राजनीतिमा लागेका युवाहरु सात सात बर्या सम्म एउटै ओहदामा सिमित रहँदा उनिहरुलाई दिक्क लाग्ने वातावरण बनिसकेको छ,’ कुलराज भन्छन् ‘यो अवधि सम्मको भातृसंगठनको राजनीतिक अनुभवले पनि अब उनिहरुलाई पार्टी राजनीतिका लागि सक्षम बनाईसकेको महशुस गराउनु स्वाभाविकै हो, त्यो सक्षमताको बिकास भएको पनि छ, फलतः अहिले नेविसंघका अधिकांश साथीहरु पार्टी राजनीतिमा लाग्ने ईच्छामा हुनुहुन्छ ।’  

पार्टी राजनीतिमा आँफूलाई अब्बल महशुस गराउने लामो समय देखिको बिद्यार्थीको राजनीतिक अनुभवसंगै केहिलाई बिद्यार्थी राजनीतिका लागि लगाईएको उमेर हदबन्दीले पनि पार्टी राजनीतिको बाटो निर्बिकल्प नै बनाईदिएको छ । नेविसंघका कार्यबाहक अध्यक्ष समेत रहेका टोपबहदुर बुढाथोकीले भने ‘नेविसंघको राजनीतिका लागि तोकिएको ३२ बर्षे उमेर हदबन्दीले पनि म जस्ता थुप्रै साथीहरुका लागि अब पार्टीको राजनीति निर्बिकल्प नै बनेको छ, बिद्यार्थी संघको राजनीति गर्न चाहेर पनि बैधानिक बन्धन भोग्नु परेका धेरै साथीहरुलाई पनि अहिले पार्टीको उपल्लो राजनीतिको ईच्छा प्रकट भएको छ ।’

नेपाली कांग्रेसका पुराना  जिल्ला नेता बिरकेसरी गौतमले पार्टीको आसन्न महाधिवेशनको रौनक युवा शक्तिमा बढि देखिएको बताउँछन् । उनले युवाहरुमा देखिएको यो उत्साह पार्टीका लागि निकै सकारात्मक पक्ष भएको बताउँछन् । ‘स्वाभाविकै रुपमा हरेक अधिवेशनका बेला नेतृत्वका लागि युवा पीढिहरुको सहभागीता बढ्दै जान्छ, अहिले पनि युवाहरुको यो उत्साह निकै छ,’ गौतमले भने ‘पार्टीमा युवाहरुको सहभागीता बढ्नु कांग्रेसका लागि निकै राम्रो पक्ष हो ।’ 

पुराना नेताहरु निष्कृय बन्दै जान थालेको र नयाँ शक्ति पार्टीको नेतृत्वका लागि तयार हुने अवस्था जिल्लामा आएको उनले बताए । ‘अहिलेको अधिवेशनबाट पनि ठूलो संख्यामा युवा शक्ति पार्टी राजनीतिमा भित्रिने छ,’ उनले भने ‘पार्टीमा लागेका पुराना नेताहरु सकृय राजनीतिबाट बिश्राम लिन खोज्नु र उनिहरुको स्थानमा नयाँ शक्तिको आगमन हुनु ज्यादै सुखद पक्ष हो ।’

प्रकाशित: ६ श्रावण २०७८ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App