३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशसभा: एमालेद्वारा निरन्तर संसद अवरुद्ध

नेकपा एमालेको निरन्तरको अवरोधका कारण कर्णाली प्रदेशसभामा असार सकिन लाग्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन। एमालेले ह्वीप उल्लंघन गरेर मन्त्री बनेका तीन जनाको राजीनामा र सभामुखको रुलिङको कार्यान्वयन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ।  

बुधबारको संसद बैठकमा एमालेको अवरोधका कारण कार्यसूचिमै प्रवेश नगरेर अवरुद्ध हुन पुग्यो। एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले सभामुखले जेठ ३१ गते गरेको रुलिङ कार्यान्वयन हुनुपर्ने बताए। ‘सर्वोच्च अदालतको निर्णय अनुसार एमाले संसदीय दलको सदस्यमा कायम भइसक्दा पनि ह्वीप उल्लंघन गरेर मन्त्री बनेकाहरुलाई बर्खास्त गर्नुपर्‍यो भन्ने हाम्रो माग हो,’ कँडेलले भने, ‘संवैधानिक रुपमा सरकार गठन नहुँदासम्म संसद चल्न दिँदैनौं।’

उनले सर्वोच्चको आदेश अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद छोडेको बताउँदै त्यहीँ सर्वोच्चको आदेश कर्णालीमा पालना नभएको आरोप लगाए। ‘सर्वोच्चले प्रधानमन्त्री पद छोड्न भनेकाले पार्टी अध्यक्षले सहजै छोड्नुभयो,’ संसदीय दलका नेता कँडेलले प्रश्न गरे, ‘त्यहीँ सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्दा पनि मन्त्री पदमै टाँसीरहनु अदालतको अपहेलना भएन र?’

उनले आफूहरुले उठाएका मागहरु न्यायालयको आदेश, संविधान र सभामुखको रुलिङसँग जोडिएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न माग गरे। एमालेको अवरोधका कारण आधा घण्टाका लागि संसद स्थगित गरिएको छ।

प्रकाशित: ३० असार २०७८ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App