१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपा उपेन्द्र पक्षद्वारा दीप प्रज्वलन गरि सर्वोच्च फैसलाको स्वागत

लहानको सहिद चोकमा जसपाका नेता कर्याकर्ताहरू दीप प्रज्वलन गर्दै।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) दीप प्रज्वलन गरेको छ। यादव पक्षले लहानसहित चोकमा दीप प्रज्वलन गरी फैसलाको स्वागत गरेकाे हाे। 

'संविधान, लोकतन्त्र र न्यायको सर्वोच्चतालाई सर्वोच्चको यस फैसलाले फेरि एक पटक स्थापित गरिदिएको छ', जसपा नेता राकेश गुप्ताले भने। 'मधेस आन्दोलनको उद्गम भूमि लहान मात्र नभई समग्र मधेसमा यस फैसलाको स्वागत गर्दै दीप प्रज्वलन भइहएको छ,' उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले सोमबार पुनःस्थापना गरेको हो।

राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए।

प्रकाशित: २८ असार २०७८ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App