४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसद्वारा सर्वोच्चको फैसलाको स्वागत, लिक बाहिरको संविधानलाई ट्रयाकमा ल्याउन सहयोग

नेपाली काँग्रेसले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ।

सर्वोच्च अदालतको फैसलापछि विज्ञप्ति निकाल्दै काँग्रेसले आफूसहितको ५ दलले दर्ता गरेको रीट निवेदनमाथि गरेको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको जनाएको छ। साथै, काँग्रेसले सर्वोच्चको सो फैसलाले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको उल्लेख गरेको छ।

काँग्रेसले सर्वोच्चको सो फैसलाले पार्टीलाई अझ जिम्मेवार बनाएको पनि जनाएको छ। ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ।’ पार्टी सभापति शेरबहादुर देउवाले अदालतको उक्त फैसलालाई कसैले पनि यसलाई व्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानका लागि आग्रह समेत गरेको छ।

प्रकाशित: २८ असार २०७८ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App