२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बैतडीमा चार वटा स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण

मेलौली नगरपालिकमा सम्पन्न विपद् जोखिम व्यवस्थापन कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु। तस्बिरः नागरिक

बैतडीका चार वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण गरिएको छ। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक शुसासन केन्द्रले अभिमुखीकरण सम्पन्न गरेको हो।  पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा विपद् जोखिम व्यवस्थापन, लैगिंक समानता तथा सामाजिक समाबेशीकरण र मर्यादित महिना वारीबारे अनुशिक्षण गरिएको सहजकर्ता गोविन्दबल्लव पन्तले जानकारी दिए।

स्थानीय तहको क्षमता अभिवृद्धि गरी कार्यविधि बनाउन सहज होस भन्दै अभिमुखीकरण गरिएको हो। स्थानीय तहलाई शुसासन र जनमुखी बनाउन प्रादेशिक शुसासन केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको प्रादेशिक शुसासन केन्द्र डोटीका कार्यकारी निर्देशक पदमराज जोशीले बताए। विपद् जोखिम व्यवस्थापनबारे मेलौली नगरपालिकामा सम्पन्न कार्यक्रममा बोल्दै स्थानीय तहहरुको क्षमता अभिवृद्धि गर्दै शुसासन र सेवाग्राहीले सहजरुपमा सेवा लिन सक्ने बनाउन आवश्यक भएको उनले बताए।

कार्यक्रमबाट स्थानीय तहका जनप्रतिनिधि कर्मचारी लाभाम्वित भइ कार्यविधि बनाउना पहल थालेको प्रादेशिक शुसासन केन्द्रका शुसासन विज्ञ गोविन्द रोकायाले बताए। सुदूर पश्चिम प्रदेशका सबै पालिकामा क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु भइरहेको उनले जानकारी दिए।

प्रकाशित: १६ असार २०७८ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App