१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न सकेनन् : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन्। आज शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए। 

विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए। उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कविहीन नै बनेका छन्। सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उनले भने। उनले भने, “कोभिडका कारण काममा बाधा पुग्दा राष्ट्रिय र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न गाह्रो हुन्छ।”

भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताए। गत ८ गते सर्बाेच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए। गत पुस ५ मा विघटन भएको संसद् सर्बाेच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए। उनले भने, “संसद्बाट सरकार बन्न नसकेपछि संसद् विघठन भएर नयाँ निर्वाचनको घोषणा भएको हो।”

कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पुर्‍याएको मन्त्री नेम्वाङले बताए। सरकारले अहिले सडक, रेल, सिँचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको मन्त्री नेम्वाङले बताए। असल मनशायले काम गर्दा गल्ती नै भए पनि त्यो क्षमायोग्य हुने तर गलत नियतले गरेका काम दण्डनीय हुने उनको भनाइ छ। कर्मचारीले काम गर्दा कुनै गल्ती भए पछि हट्न नहुने उनको भनाइ छ। उनले भने,“मेरो बढुवामा पो असर गर्छ कि भन्ने सोचेर काम गर्न पछि हट्नु हुँदैन।”

प्रकाशित: ११ असार २०७८ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App