१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाधिवेशन नजिकिँदै गर्दा बिमलेन्द्र, शशांक र प्रकाशमान एकैठाउँमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीका वरिष्ठ नेताहरु महाधिवेशनको लागि गठबन्धनको तयारीमा लागेका छन्। 

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच शुक्रबार महामन्त्री डा. कोइरालाको निवास महाराजगन्जमा भेटवार्ता भएको छ। भेटवार्तापछि महामन्त्री कोइरालाले भने, ‘हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना छ।’ 

यी तीनैजना नेताहरु १४ औं महाधिवेशनमा सभापति पदका आकांक्षी रहेका छन्।  

महामन्त्री कोइरालाका प्रेस संयोजक भरत तिवारीका अनुसार उक्त भेटवार्ता आगामी महाधिवेशन र देशको राजनीतिक घटनाक्रममा केन्द्रित रहेको थियो। यसअघि कांग्रेस महामन्त्री डा. कोइराला र उपसभापति निधिबीच निधिको निवास बानेश्वरमा भेटवार्ता भएको थियो।  

शुक्रबार भएको तीन वरिष्ठ नेताहरुको भेटवार्तालाई आउँदो महाधिवेशन नयाँ समिकरण बनाउने अभ्यासको रुपमा हेरिएको छ। लामो समयदेखि पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा रहेका निधि देउवाले सभापतिमा पुनः दोहोरिने इच्क्षा व्यक्त गरेपछि महाधिवेशनका लागि आफ्नो छुट्टै समिकरण बनाउने अभ्यासमा लागेका छन्। निधिले देउवाको सहयोग नरहे पनि आफू सभापति पदमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन्।

यससँगै देउवाका अलावा रामचन्द्र पौडेल, डा. शेखर कोइरालालगायतले आफू सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।

प्रकाशित: ११ असार २०७८ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App