१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बर्खे अधिवेशन आह्वान

राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन्। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (१) बमोजिम अधिवेशन आह्वान र धारा ९३(२) बमोजिम अन्त्य हुने व्यवस्था छ। तर, गत वर्षदेखि राष्ट्रियसभा कामविहीन छ। गत पुस १७ गते बोलाएको राष्ट्रियसभाको अधिवेशन २६ गते अन्त्य गरिएको थियो। 

त्यसको ६ महिनापछि अधिवेशन बोलाइएको हो। संविधानमा एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था छ। सरकारले संविधानको यही बाध्यकारी व्यवस्थाअन्तर्गत ठीक ६ महिनामा अधिवेशन बोलाउन सिफारिस गरेको हो।

प्रकाशित: ११ असार २०७८ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App