१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निरन्तर छलफलमा विपक्षी गठबन्धन

विपक्षी गठबन्धनमा रहेका दलहरूले सुदूरपश्चिम, कर्णाली र गण्डकीमा जस्तै अन्य प्रदेश सरकार पनि मिलेर निर्माण गर्ने समझदारी गरेका छन्। एमालेभित्रबाट असन्तुष्ट बन्दै विपक्षी गठबन्धनमा सहभागी माधवकुमार नेपाल पक्ष फेरि केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न लागेको चर्चा भइरहेका बेला गण्डकी प्रदेश मन्त्रिपरिषद् छिटो गठन गरेर अघि बढ्ने सहमति भएको हो।

दलिय हैसियतको आधारमा सबै पक्षको न्यायोचित रूपमा प्रदेश सरकारमा सहभागिता रहने गरी विस्तार गर्ने उनीहरूबीच सहमति भएको छ। प्रदेश १ र बागमती प्रदेश सरकारको विकल्प खोजने विषयमा पनि छलफल भएको जानकारी दिँदै बैठकमा सहभागि एक नेताले देशका विभिन्न स्थानमा बाढीपहिरोले पु¥याएको क्षतिको उद्धार र राहतका लागि आ–आफ्ना टोली परिचालन गर्ने निर्णय पनि गरेको छ।

एमालेभित्रको विवाद मिल्न लागेको र नेता नेपालसहित असन्तुष्ट पक्षले हस्ताक्षर फिर्ता लिने चर्चा भइरहेका बेला नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठक त्यस विषयमा नेताहरूले चासो राखेका थिए। एमाले नेता नेपालले आइतबारसम्म ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको बताउँदै बाहिर आएका कुरामा भ्रममा नपर्न अन्य दलका नेताहरूलाई आग्रह गरेको स्रोतको दाबी छ।

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवाको पक्षमा दिएको हस्ताक्षर फिर्ता लिए नेता नेपाललाई पार्टी अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव गरेको भन्दै चासो राखेका थिए। नेता नेपालले ओलीले आफूहरूलाई अलमल्याउन खोजेको र अहिलेसम्म मिल्ने र मिलाउने गरी कुनै प्रस्ताव नआएको दाबी गर्दै बाहिर आएका कुराको पछि नलाग्न आग्रह गरेको स्रोतको दाबी छ। आफूहरू विपक्षी गठबन्धनसँगै रहेको भन्दै विभिन्न पक्ष र नेताहरू छलफलमा जुटेपनि अहिलेसम्म सकारात्मक कुनै प्रस्ताव र संकेत नआएको उनले दाबी गरेका थिए। 

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सहभागी थिए।

प्रकाशित: ७ असार २०७८ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App