१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बुद्धभूमीको नीति तथा कार्यक्रम पारित

बुद्धभूमी नगरपालिकाको आर्थिक वर्ष २०७८।८९ को नीति तथा कार्यकम सर्वसम्मत पारित भएको छ।

आइतबार गोरुसिंगेमा आयोजित नवौं नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो। नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरस्तरिय अस्पताल निर्माण गर्ने योजना बनाएको छ।

त्यस्तै विभिन्न निकायसँग सहकार्य  गरी  १ मेगावाट सम्मको सोलार प्लाण्ट उत्पादन समेत गर्ने योजना पारित गरेको छ।  सभामा नीति पेश गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा प्रत्यक वडावाट विपन्न तथा पछाडी पारिएका छात्राहरुलाई उच्च शिक्षाको लागि ३ वर्षसम्म निःशुल्क अध्धयन गर्ने व्यवस्था गरेको बताए।

नगर प्रमुख र उप प्रमुखले मा वि तहमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि करियर काउन्सेलिग कार्यक्रम समेत संचालन गर्ने भएको छ। त्यस्तै स्नातक अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई ल्यापटप खरिदको लागि अनुदान दिने व्यवस्था पनि मिलाएको छ। उता नगरपालिकाले सुविधा सम्पन्न तथा सूचनामैत्री वडा कार्यालय, कृषिमा पकेट विकास कार्यक्रम जस्ता योजना समेत समावेश गरेको छ।

त्यस्तै समयमै काम सम्पन्न गर्ने वडालाई प्रोत्साहन स्वरुप थप १० लाखको योजना समेत दिने योजना रहेको छ। विपद् व्यवस्थापनको लागि वडास्तरिय विपद् कर्नर समेत स्थापना र व्यवस्थान र संचालन गर्ने भएको छ।

नगरको विकास निर्माणको काममा कलम चलाउने २ जना पत्रकारलाई २० हजारका दरले पुरस्कार दिने समेत ब्यवस्था गरेको छ। सो अवसरमा नगर उपप्रमुख मिरा थारुले पेश गरेको बुद्धभूमीका विनियोजित ऐन २०७८, आर्थिक ऐन २०७८ र नगरपालिकाको दररेट समेत पारित भएको छ।

साथै सभामा बार्षिक रुपमा सम्पन्न योजनाहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले प्रतिवेदन पेश गरेका थिए। 

प्रकाशित: ६ असार २०७८ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App