२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान देऊ : विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले कोरोना प्रभावित उद्यम उद्दारमा ध्यान दिन माग गरेको छ। 

आज पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रभावित उद्यम उद्दारमा ध्यान दिन माग गरेको हो।

सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन पनि पार्टीले अनुरोध गरेको छ।

पार्टीको केन्द्रीय उद्यमशील विभाग प्रमुख आशुतोष प्रधानले जारी गरेको प्रेस विज्ञप्तिमा बन्दाबन्दीको समयमा सम्पूर्ण साना, मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन अनुरोध गरेको छ।

प्रकाशित: २ असार २०७८ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App