१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कोरोना संक्रमणका कारण जसपाका युवा नेताको निधन

कोरोना संक्रमणबाट ज्यान गुमाएका जसपाका नेता मोहनप्रसाद राई । तस्बिर : नागरिक

कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो । 

कोरोना संक्रमणमुक्त भएपछि पनि पोष्ट कोरोना इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्य राईले जानकारी दिए । तत्कालीन संघीय समाजवादी पार्टीका संस्थापक, जनता समाजवादीका वर्तमान केन्द्रीय सूचना, प्रचार–प्रसार तथा प्रकाशन विभाग सदस्य, केन्द्रीय निर्वाचन समिति सदस्य रहेका राई पेशाले आइटी इन्जिनियर थिए ।  

किरात राई युवा संघको पूर्व केन्द्रीय अध्यक्ष राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीकातर्फबाट बराहपोखरी गाउँपालिका अध्यक्ष पदमा उठेका थिए । उनका श्रीमती र एक सन्तान छन् । उनको निधनमा जनता समाजवादी पार्टीले दुःख व्यक्त गरेको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App