१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदिय दलले आफना सांसदहरुलाइ ह्वीप जारी गरेको छ। नीति कार्यक्रम जनपक्षीय नभएको भन्दै जसपाले आफना सांसदहरुलाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो। 

जसपाको संसदिय दलकी प्रमुख सचेतक पुरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाइ पत्र मार्फत विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन्। नीति कार्यक्रम आज संंसदमा पारीत गर्ने कार्यसूचि छ। संसदीय दलका नेताको नीर्देशनमा ६ जना सांसदहलाइ नै पत्र पठाइसकेको र सबैले ह्वीपको पालना गर्नुपर्ने प्रमुख सचेतक ढेंगाले बताइन्। 

जसपाका प्रमुख सचेतक ढेंगा सहित दलका नेता सहसराम यादव, सन्तोषकुमार पाण्डे,विजयबहादुर यादव,कल्पना पाण्डे र सुमन शर्मा रायमाझी गरी ६ जना छन्। जस मध्ये ४ जना  सन्तोषकुमार पाण्डे,विजयबहादुर यादव,कल्पना पाण्डे र सुमन शर्मा रायमाझी प्रदेश सरकारका मन्त्री छन्।  

उनीहरु यसअघि दलको निर्णय विपरित शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएपनि पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो। तर त्यसका बिरुद्ध सर्वोच्च गएका चारैजनाको पद तत्कालाकालागि अन्तरिम आदेश मार्फत थमौती गरीएको छ। 

जसपा सहितको विपक्षी गठबन्धनले प्रदेश सरकारको बैधानिकता माथि प्रश्न उठाउँदै आएका छन्। सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले गत मंगलबार सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए।

प्रकाशित: ३० जेष्ठ २०७८ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App