१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशमा पनि २० प्रतिशत छुट दिन माग

प्रदेश १ को प्रदेश सभा बैठकमा उपभोग्य वस्तुमा २० प्रतिशत सहुलियत दिन सांसदहरूले माग गरेका छन्। प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद कुसुमकुमारी श्रेष्ठले कोरोनाको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेका जनतालाई राहत दिन संघीय सरकारले ल्याएको उपभोग्य बस्तुमा २० प्रतिशत छुट दिने व्यवस्था प्रदेश १ मा पनि लागु गर्न माग गरेकी हुन्।  

सरकारले  बजेटमा व्यवस्था गरेको छुट काठमाण्डौं उपत्यकामा मात्रै सीमित भएकाले देशका अन्य स्थानका जनतालाई पनि छुट सुविधान दिन उनले माग गरिन्। ‘ प्रदेश १ का जनतालाई प्रदेश सरकारले खाद्यान्नमा २० प्रतिशत छुट दिन बजेटको व्यवस्था गर्नुपर्छ’ श्रेष्ठले भनिन्।

सांसद कल्पनाकुमारी सरदारले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले दैनिक ज्यालादारी गर्ने र विपन्न वर्ग समस्यामा परेकाले तत्काल राहतको व्यवस्था गर्न माग गरिन्। उनले आगामी बजेटमा विपन्नलाई राहत र बैक व्याज छुटको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरिन्।

सांसद चुमनारायण तवदारले सहज रुपमा सबैलाई खोपको व्यवस्था गर्न माग गरे। हालको खोप अभियानमा ६० वर्ष माथिका जेष्ठ नागरिकलाई दिने भनि तोकिए पनि थौरै खोपमात्रै उपलब्ध गराइकाले खोप लगाउन समस्या भइरहेको तवदारले बताए। विराटनगरका धेरै स्थानमा खोप लगाउन आउनेहरूको भीड बढेपछि समस्या भएको छ। उनका अनुसार वडाहरूलाई थोरै खोप दिइएको र खोप लगाउन आउनेको संख्या ज्यादै धेरै रहेकाले भीडभाडका कारण सबैजसो स्थानमा खोपलगाउने काम प्रभावित भएको छ। तत्काल प्रयाप्त खोपको व्यवस्था गरी सहज रुपमा खोप पाउने स्थिति बनाउन तवदारले आग्रह गरे।

सांसद हिमाल कार्कीले चुरेको गिटी, बालुवा, ढुंगा निकासी गरेर व्यापार घाटा घटाउने केन्द्रीय सरकारको योजनाबारे प्रदेश सरकारको धारण स्पष्ट पार्न आग्रह गरे।

प्रकाशित: २६ जेष्ठ २०७८ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App