२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशः जेठ १९ मा बोलाइयो वर्षे अधिवेशन

लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन जेठ १९ गतेलाई बोलाइएको छ। प्रदेश सरकारको अनुरोधमा प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ १९ गते दिउँसो १ बजेलाई प्रदेशसभा बैठक आह्वान गरेका हुन्। यसअघि मन्त्रिपरिषद्  बैठकले जेठ १९ गते १ बजे प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुख यादवलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

प्रदेशको बजेट असार १ गते ल्याउनु पर्छ। बजेट प्रस्तुत हुनु कम्तीमा पन्ध्र दिनअघि संसदको अधिवेशन सुरु हुनु पर्ने भएपनि त्यसलाई लत्याउँदै जेठ १९ मा बल्ल वर्षे अधिवेशन आह्वान गरएिको हो।  

यसअघि विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गत वैशाख ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमा छलफल गर्न वैशाख १९ गतेका लागि विशेष अधिवेशन बोलाइएको थियो। तर अविश्वासको प्रस्ताव छल्न सोही दिन बिहान राजीनामा दिएर काम चलाउ बनेका मुख्यमन्त्री पोखरेलको सिफारिशमा प्रदेश प्रमुख यादवले बैठकै नबसी विशेष अधिवेशन अन्त्य गरिदिएका थिए। संसदलाई छल्दै सोही दिन शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: १७ जेष्ठ २०७८ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App