१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सबै दल सरकारमा आउनुहोसः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सबै प्रक्रिया पूरा भएर संसद विघटन भएको भन्दै त्यसको विपक्षमा देखिएको अलोकतान्त्रिक गतिविधि अप्रजातान्त्रिक रहेको बताएका छन् । देशवासीको नाममा शुक्रबार सम्बोधन गर्दे उनले चुनाव अगाडी सरकारमा आउन सबै दललाई फेरि एकपटक आग्रह गरेका हुन् ।  

परिणामलाई ध्यानमा राखेर हैन लोकतन्त्रको सुदृढीकरणको लागि यो कदम चाल्नु परेको हो, उनले भने, ‘सबै दललाई सरकारमा आउन आग्रह गर्छु ।’ आफूले प्रतिनिधिसभा पूरा समय कायम राख्न खोजेपनि त्यो संभव नभएको भन्दै आगामी चुनाव निष्पक्ष हुने प्रमले बताए ।  

त्यस्तै पार्टी एकता रक्षाको लागि आफूले अथक प्रयास गरेपनि त्यो सम्भव नदेखिएको उनले बताए । ‘फागुन २३ को फैसलापछि मैले अन्तिम समयसम्म पहल गरे,’ उनले भने, ‘तर मेरो प्रयासले कतिपयले मजाक ठाने ।’ यस्तो समयमा अरु दलको प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेलाई इतिहासले मूल्याकंन गर्ने उनले सुनाए ।  

प्रकाशित: १४ जेष्ठ २०७८ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App