प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई कुनैपनि बहानामा आक्रमण गर्नु निन्दनीय रहेको भन्दै उनीहरुको सुरक्षामा विशेष ध्यान दिने जनाएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आक्रमण गर्नेलाई दण्डित गरिने बताएका हुन् ।
‘अग्रपक्तीमा खटिएका कसैलाई पनि आक्रमण गरिनेलाई दण्डित गरिने छ,’ उनले भने, ‘महामारीविरुद्धमा अग्रपक्तिमा खटिएकालाई विशेष सुरक्षा दिन सरकार तयार छ ।’
प्रकाशित: १४ जेष्ठ २०७८ १०:५६ शुक्रबार