२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीले इमान्दार नेता गुमायोः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले आज शोक वक्तव्य जारी गरी उनीहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान् र इमान्दार नेता गुमाएको बताएका छन्।

एमालेका अध्यक्ष ओलीले जाजरकोटका जनताबीच जनप्रिय न्यौपानेको निधनबाट एमालेले निष्ठावान नेता तथा जाजरकोटी जनताले इमान्दार जनसेवक गुमाउनुपरेको जनाएको छ। न्यौपाने २०५६ सालको आमनिर्वाचनमा जाजरकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। एमालेका कर्णाली प्रदेश समिति सदस्य र भ्रातृ संगठन अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष न्यौपानेको बुधबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो।  

यस्तै एमालेका इमान्दार नेता र धनुषाका सुयोग्य जनप्रतिनिधि यादवका निधनबाट एमालेले निष्ठावान् नेता र तथा धनुषाका जनताले विकासप्रेमी नेता गुमाएको अध्यक्ष ओलीले बताएका छन्। एमालेका केन्द्रीय सदस्य उनको केही दिनअघि निधन भएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७८ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App