१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अदालतबाट न्यायको आशा गरेका छौँ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको ठाडो उल्लंघन भएको दाबी गरेका छन्। कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनले  बिहिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा  उनले अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।‘असंवैधानिक हस्तक्षेप गरेर प्रधानमन्त्री र राष्ट्रपतिले नेपालमा संकट निम्ताएका छन्,’ उनले भने, ‘ अदालतबाट न्यायको अपेक्षा गरेका छौ ।’  

कोभिडका कारण सडकमा जान नसकेको भन्दै उनले असंवैधानिक कदमको विरोधमा मिडिया जगतलेपनि आवाज उठाउनु पर्ने  बताए। ‘प्रजातन्त्र नरहे मिडिया जगतपनि समस्यामा पर्छ,’ उनले भने, ‘यस्तो बेलामा मिडियाको भूमिका निकै महत्वपुर्ण हुन्छ सबै मिलेर अलोकतन्त्रीका कदमका विरोध गर्नु पर्छ।’  

प्रकाशित: १३ जेष्ठ २०७८ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App