१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश : माओवादी नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेको छ।

एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने प्रदेश सरकारमा भएका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको थियो। एमाले पार्टीको स्थायी कमिटीको निर्णयपछि बुधवार बसेको सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो। 

एमालेको स्थायी कमिटीको निर्णयको अधिकारिक जानकारी  पनि नआएको र वर्तमान बजेट निर्माण, कोभिड १९ को अवस्था लगायतका कारण तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको सासंद पुर्णा जोशीले बताइन्। बैठकमा ओली पक्षीय सासंदहरुले पार्टीले गरेको निर्णय मान्नुपर्नेमा जोड दिएका थिए। माधव पक्षका मानिएका केही सासंदले पनि पार्टीको निर्णय मान्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक सासंदले बताए।

प्रकाशित: १२ जेष्ठ २०७८ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App