१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिगमन भाग २ः भक्तपुरवासीले घरका कौसी र झ्यालबाट रित्तो थाल बजाउने

कोभिडविरुद्धको सहज उपचारको माग र सरकारले गरेको पछिल्लो कदमको विरोध गर्न भक्तपुरवासीले जेठ १३ गते बेलुका ७ बजे आफ्नो घरको कौसी वा झ्यालबाट रित्तो थाल बजाउने भएका छन्।

भक्तपुरमा रहेका राजनैतिक दलहरुको सोमबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कदम असंवैधानिक तथा प्रतिगमन भाग २ भएको भन्दै जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त कुरा उल्लेख छ। संयुक्त विज्ञप्तीमा पाँंच वटा निर्णयहरु गरिएका छन्।  

कोभिड १९ का बिरामीहरुलाई राजनैतिक दलकोतर्फबाट सकेको सहयोग र सहजीकरण गर्ने, प्रत्येक दलबाट दुई जना रहने गरी जिल्लास्तरीय समयन्त्र निर्माण गर्ने र ४ वटै नगरमा पनि सम्यन्त्र निर्माण गर्ने, प्रत्यक्ष वडामा सार्वजनिकस्थलमा प्रतिगमनको विरोधमा कालो र अपिल राख्ने, १३ गते बेलुका ७ बजे आ आफ्नो घरको कौसी वा झ्यालबाट रित्तो थाल बजाउने र सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गर्दै प्रतिगमनविरुद्ध जनमत बढाउने निर्णय गरिएका छन्।

संयुक्त विज्ञप्तीमा जिल्लास्तरीय नेपाली कांग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा एमालेका अध्यक्ष राजन केसी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका अध्यक्ष शिवहरि खनालको हस्ताक्षर रहेको छ। बैठक नेपाली काँंग्रेस जिल्ला कार्यसमिति भक्तपुरको कार्यालय दूधपाटीमा बसेको थियो।  

जिल्लामा प्रभुत्व जमाउँंदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रतिनिधि भने छलफलमा सहभागी छैनन्। नेमकिपाको केन्द्रीय समितिले ओलीको कदम स्वभाविक भन्दै अहिलेको अस्थिरताको निकास चुनाव नै भएको जनाउँंदै आएको छ।

प्रकाशित: १० जेष्ठ २०७८ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App