२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'वैकल्पिक सरकारको खोजी गर'

पोखरेली नागरिक अगुवाहरुले संसद पुनर्स्थापना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका छन् । पोखरेली नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ती निकाल्दै संसद विघटन जनमत र नेपालको संविधान विपरित भएकाले त्यसलाई खारेज गरी संसद पुनर्स्थापना गरि वैकल्पिक सरकारको खोजी गर्न माग गरेका हुन् ।

नागरिक अगुवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदम नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धि समाप्त पार्ने नियत देखिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रतिनिधि सभाको दोश्रो पटकको विघटन राजनीतिक रुपमा प्रतिगामी, कानुनी दृष्टिले गैरसंवैधानिक र राष्ट्रियताका कसीमा हेर्दा जनता र मुलुक प्रतिको गद्धारी हो भन्ने हाम्रो ठहर छ ।’  

आफूले विश्वासको मत लिन सक्दिन भनेर राष्ट्रपतिलाई जाहेर गर्नुका साथै आमरुपमा सार्वजनिक गरेका प्रधानमन्त्रीले वैकल्पिक सरकारको लागि पुनः १५३ जनाको समर्थन रहेको भन्दै निर्लज्ज रुपमा गरिएको हर्कत जालसाजीको रुपमा प्रष्ट भएको विज्ञप्तीमा उल्लेख छ । साथै बहुमत सांसदको हस्ताक्षरसहित पुगेका विपक्षी दलका नेता शेरबहादुर देउवाको दावीलाई परीक्षण नै नगरी मध्यरातमा संसद विघटन गरिनु जनअधिकार माथि सुनियोजित षडयन्त्र भइरहेको भन्दै यस कार्यले संसद पुनर्स्थापनाका समयमा सर्वोच्च अदालतले गरेको आदेशको अवज्ञा गरेको आफूहरुको ठहर रहेको जनाइएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७८ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App