१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुने !

विवेकशील पार्टीले राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुने भन्दै मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको भत्सर्ना गरेको छ।

पार्टीले सो कदम अनैतिक तथा असंवैधानिक भएको भन्दै त्यसले प्रधानमन्त्री र राष्ट्रपति दुबैको बद्नाम भएको जनाएको छ।

‘आफैँलाई निर्वाचित गर्ने सार्वभौम संसदको अधिकारलाई कुण्ठित गरी संवैधानिक तथा राजनीतिक नैतिकतालाई तिलाञ्जली दिई शक्तिमा टाँसिन र टसाउन जस्तोसुकै हर्कत गर्ने राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुनेछ।’ प्रेस विज्ञप्तिमा भनिएको छ।  

कोभिड–१९ को महामारी उत्कर्षमा पुग्दै गर्दा देशलाई निर्वाचनमा नै धकेल्ने राष्ट्रपति र प्रधानमन्त्रीको दुर्नियत भएको जनाउँदै पार्टीले सो कदम नेपाली नागरिकहरूप्रतिको अपराध समेत भएको उल्लेख गर्दै सो कदमविरुद्ध सम्पूर्ण राजनीतिक दल तथा नागरिक संघसंस्थाहरू पनि एकताबद्ध हुन जरुरी रहेकोमा पार्टीले जोड दिएको छ।

प्रकाशित: ८ जेष्ठ २०७८ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App