७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग लगाउनु पर्छ: कांग्रेस

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसँची गर्दै असंवैधानिक कदम चालेको बताएका छन्। पौडेलले उनीहरुमाथि महाअभियोग लगाउने विषयमा कुरा भइरहेको र यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने बताए।  

काँग्रेसले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्‍वानलाई असंवैधानिक भएको बताएकाे छ।  ७६ (३) अनुसार चयन भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्था नभए राजीनामा दिनुपर्ने  र त्यसपछि मात्रै अर्को सरकार बनाउने प्रक्रिया अघि बढाइनु पर्ने काँग्रेसको भनाइ छ। 

प्रकाशित: ७ जेष्ठ २०७८ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App