संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयले सांसद पदाधिकारी र कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि स्वास परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया गरेका खनालको मुटु सम्बन्धी पनि स्वास्थ्य समस्या थियो।
प्रकाशित: २४ वैशाख २०७८ १०:२४ शुक्रबार