२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेका तीन केन्द्रीय नेताहरुलाई कोरोना, प्रधानमन्त्री ओलीसहितका नेताहरु ‘कन्ट्याक्ट ट्रेसिङ’ मा

नेकपा एमालेका केन्द्रीय नेताहरुहरु कोरोना संक्रमण पुष्टि भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन्। एमालेका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, केन्द्रीय सदष्य विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएसंगै अन्य नेताहरु पनि संक्रमणको जोखिममा परेका हुन्।  

संक्रमण पुष्टि भएका एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल र खिमलाल भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा समेत सहभागिता जनाएका थिए।  

त्यस्तै उर्जामन्त्री रायमाझी मन्त्रिपरिषदको बैठकमा सहभागी थिए। रायमाझीे अहिले वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् भने विष्णु रिजाल र खिमलाल भट्टराई होम आइसोलेसनमा बसेका छन्।

खिमलाल भट्टराई र विष्णु रिजालमा संक्रमण पुष्टि भएको छ। रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बसेका थिए। उनलाई उपचारका लागि सैनिक अस्पतालमा राखिएको छ। भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन्। वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो।

रिजाल र भट्टराईले मंगलबार आफूहरू संक्रमित भएको खुलाएका छन्। रायमाझीलाई भने सोमबारै संक्रमण पुष्टि भएको थियो। यद्यपि बैठक सकिएको दुई तीन दिनपछि मात्र ती नेताहरुमा संक्रमण दखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।  

रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए। संक्रमण पुष्टि भएका तीनै जना नेता धेरै जनसम्पर्क भएका र शीर्ष नेतृत्वसँग बाक्लै भेटघाटमा रहनेमा पर्छन्। एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी र प्रभा कोइरालालाई पनि संक्रमण पुष्टि भएको छ।

प्रकाशित: १५ वैशाख २०७८ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App