१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको विद्यार्थी संगठनमा जिम्मेवारी हेरफेर

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। एमालेसँगको पार्टी एकता भंग भएपछि पहिलोपटक बसेको क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।  

संगठनको गत १४ चैतमा बसेको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्ययोजनासमेत तय गरेको छ। अभियानको कार्ययोजनाअन्तर्गत २० वैशाखसम्म प्रदेशस्तरीय प्रशिक्षण भेला तथा बैठक तथा अभियानको उद्घाटन गर्ने, वैशाख मसान्तसम्म जिल्लाका प्रशिक्षण तथा बैठक र एकाइ गठन, पुनर्गठन तथा भेला सम्मेलन सम्पन्न गर्ने, १ जेठमा विद्यार्थी दिवसको अवसर पारेर सात वटै प्रदेशमा जनपरिचालनसहित विद्यार्थी प्रदर्शन सभा गर्ने र १५ जेठसम्म स्थानीय निकाय कमिटीहरूको सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ।  

क्रान्तिकारीले अभियानका लागि जिम्मेवारीसमेत तोकेको छ। प्रदेश १ मा तिलकराज भण्डारी, राजकुमार याक्सो र मदन भट्टराई, २ मा दीपक देवकोटा, गजेन्द्र देव र सुर्यनारायण शाह, वागमतीमा उत्तम अधिकारी, जिपी मैनाली र पवन कार्की, गण्डकीमा सुरेन्द्र बस्नेत, आशा तमु र क्षितिज सापकोटा, लुम्बिनीमा इन्द्र भुसाल, मिलन एमसी र नारायण खनाल, कर्णाली प्रदेश, दिपेश पुन र अमरजंग शाही, सुदूरपश्चिममा विजय गौतम, लक्ष्मी जोशी र मदन भुल र विश्वविद्यालय विशेष प्रदेशमा पञ्चा सिंह, तुकमान महरा र अच्यूत भट्टलाई अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

प्रकाशित: ११ वैशाख २०७८ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App