माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनबारे छलफल गरेको थियो ।
आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने सक्ने अनुमान गरिएको छ।
प्रकाशित: ८ वैशाख २०७८ ०५:१८ बुधबार