३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्छ : रामचन्द्र पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिडका विषयमा सरकार गम्भीर भएर लकडाउनभन्दा रोकथामतर्फ लाग्न ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।  शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा रोकथामका विधिमा ध्यान दिएर जनतालाई सचेत गराउन सुझाव दिएको उनले बताए ।  

‘उपनिर्वाचन, उपसभामुखको निर्वाचन किन रोकिएको छ, संसद्लाई विजनेश किन दिइएको छैन, राष्ट्रियसभा किन बोलाइएन, सरकारबाट संसद्लाई अपाङ्ग राख्ने काम किन भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ, उनले भने, ‘सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुप¥यो, खाली आफ्नो कुर्सी बचेमात्रै व्यवस्था बच्ने नत्र नबच्ने भन्ने कुरातर्फ जानु भएन, भर्खरै लामो लडाईं लडेर ल्याइएको व्यवस्था छ, यसमा खेलबाड किन हुन्छ भन्ने प्रश्न उठाएका छौँ ।’ उनले देशलाई निकास चाहिन्छ भन्ने आफ्नो प्रष्ट भनाइ रहेको र गतिरोधलाई निकास दिनुपर्छ भनेर कुरा राखेको बताए ।  

एमसिसी आफ्नै सरकारको पालामा सम्झौता भएकाले सदनमा छलफलमा ल्याउन आग्रह गरेको पौडेलले जनाए ।  बैठकमा प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको उनले बताए । राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले सरकार र  संसद्बीच देखिएको समस्याको निकास निकाल्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिइएको जानकारी दिए ।  

प्रकाशित: ४ वैशाख २०७८ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App