१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेतर्फ लागेका चार सांसदको पद खारेज

माओवादीबाट निर्वाचित भइ नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि उनीहरुको संसद पद खारेज भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले चारैजना प्रदेश सांसदको पद खारेज भएको सदनलाई जानकारी गराएको छ।  

सांसद पद गुमाएकाहरुमा रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर छन्। चारैजनालाई सांसदबाट बर्खास्त गरिएको पत्र माओवादी केन्द्रले प्रमुख सचेतकमार्फत आइतबार प्रदेशसभा सचिवालयमा बुझाएको थियो। यी चारैजना सांसद नेता प्रभु साह निकट मानिन्छन्।

यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितिले सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको सचेतक दीलिप साहले जानकारी दिए। ‘शुक्रबारै २४ घण्टे स्पष्टीकरण सोधिएको थियो। तर, उनीहरुले जवाफ दिएनन्,’ उनले भने,‘अनि कारबाही गरिएको पत्र आइतबार सभामुखलाई बुझाएका हौं।’

प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद थिए। जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै रहेका छन्। माओवादी केन्द्रबाट जितेका मण्डल भने नेकपा एकीकरणअघि प्रदेशसभामा दलका नेता थिए। एकीकरणपछि नेकपाका संसदीय दलका नेता ओली पक्षका सत्यनारायण मण्डल बनेका थिए।

 

प्रकाशित: ३० चैत्र २०७७ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App