१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारलाई काम चलाउ भन्न सुहाउँदैनः गोकुलप्रसाद बाँस्कोटा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका छन्। प्रतिनिधि सभाको आजको विशेष समयमा भाग लिँदै सांसद बाँस्कोटाले समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका हुन्।

सरकारले गरेका उपलब्धि र विकासलाई देख्न नसक्ने हो भने आँखामा लाउने चस्मा र कानमा रुवा हाल्न सुझाव दिँदै उनले भने,'समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न सुहाउँदैन।'

उनले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको र सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताए।  

उनले भने, 'वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ।'

सत्य विनाको राजनीतिले सही गन्तव्यमा पुग्न नसक्ने बताउँदै उनले मुलुकलाई विकासको मार्गतर्फ उन्मुख नगराउने हो भने राजनीतिक दल हुनको के अर्थ रह्यो भने।

पूर्वमन्त्री बाँस्कोटाले भने,'विकास र समृद्धिको यात्रमा संसारसँगै हिँड्न चाहन्छौं भने सम्भावना र चुनौतीलाई मनन गर्नै पर्छ, सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना केपी ओलीको नेतृत्वको सरकारले पूरा गरेको छ, मेलम्चीको पानी काठमाडौं ल्याइएको छ, मुलुकका विभिन्न भागमा रेलसेवा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ।'

प्रकाशित: २३ चैत्र २०७७ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App